पारिचय

नेपाल अधिराज्यको कोशी प्रदेश अन्तर्गत सगरमाथा अञ्चल उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ कटारी न.पा. वाडन नं ५ अन्तर्गत सिराहा जिल्लाको सिमाना चुरे देखी उत्तर तावा खोला देखी दक्षिण भुल्के दशविघे भन्दा पूर्व रिस्कु चुहाड भन्दा पश्चिम चुरे पर्वतमाला देखी उत्तर श्री शलेस सामुदायिक वनको काखैबाट तल तावाखोलाको किनारैसम्म क्रमसः उत्तरपाटो ढल्दै ढल्दै गएको सम्म परेको ठूलो भू—भागमा अवस्थित ठूलो गाँउ भोर्लेको पुछार र दुब्ले ढिकीवास गाउँकोनजिकै रहेको सानो जङ्गलको छेउ धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौडा वैकल्पिक सडकको नजिकै जोडिएर रहेको यो विद्यालय श्री सरस्वती मा.वि (१ – १०) भोर्ले कटारी न.पा. ५ उदयपुरको नामले नामकरण भएको छ । यस विद्यालयको स्थापना २०३८ सालफाल्गुण १२ गते शिक्षा दिवश तथा अभिभावक दिवशको दिन भएको थियो । यस विद्यालयको सरकारी स्वीकृती कक्षा (१ – ५) प्रथामिक तह सम्म मात्र भएपनि वि.सं २०५६साल वाट नि.मा.वि. तह कक्षा ६ को अनुमती लिई कक्षा संचालन शुरु गरीएको थियो । कक्षा (६ – ८) पनि निजिश्रोत अनुमतिवाटै संचालन भयो भने यस विद्यालयको शैक्षिक तथा भौतिक व्यवश्थापन पक्ष समूदायमा हस्तानतरण गर्ने उदेश्यले वि.सं २०६५।०९।१३ गते क्षे.शि.नी.पूर्वान्चल धनकुटा र जि.शि.का. उदयपुर संग संझौतागरी प्रा.वि.र नि.मा.वि. तहको व्यस्थापन समूदायमा हस्तानतरण गरियो । वि.सं २०६६ सालवाट नियमानुसारको प्रकृया पुरागरी मा.वि.तहको कक्षा ९ को अनुमती लिदै मा.वि.तहको कक्षा पनि संचालन गरीयो । यस विद्यालयले हाल आफ्नो निजि सेवा क्षेत्र भोर्ले ढिकिवास दुव्ले लगायत कटारी न.पा. कै तल्लो खैरेनी तीनतले सिसाघारी भुल्के दशविघे देखी रिस्कुको वाँकेटार चुहाड लगाएत सिराहाको व्याँगा भोर्लेनी सम्मका गाउँ वस्तीका वाल वालिकाहरुलाई शिक्षा प्रधान गर्दै आएको छ र यो विद्यालय हाल भौतिकरुपले केही सम्पन्न छ । विद्यालयका आन्तरीक तथा महत्वपूर्ण प्राविधिक पक्षहरु जस्तै विज्ञान प्रयोगशाला शैक्षिक सामाग्री , कम्प्युटरशाला , सभाकक्ष , भण्डारण ,सभाहल आदिको रामै ब्यवस्था छ ।

सम्पर्क

ग्यालेरी

  • image description
  • image description
Copyright © 2025 All Rights Reserved